काठमाडौँ । नेपाल सरकारले इन्धनको मूल्य समायोजन गरेपछि केही स्थानमा पेट्रोल पम्पहरूले बिक्री बन्द गरेको चर्चा चलिरहेका बेला गोकर्णेश्वर नगरपालिकाले आफ्नो क्षेत्रमा विशेष अनुगमन गरेको छ।
नगर प्रमुख दीपक रिसालले नगर प्रहरीसहित नगरभित्रका ६ वटा पेट्रोल पम्पको स्थलगत निरीक्षण गर्नुभएको हो। अनुगमनका क्रममा सबै पम्पहरू नियमित रूपमा सञ्चालनमा रहेको र उपभोक्ताले सहज रूपमा इन्धन प्राप्त गरिरहेको पाइएको छ।
नगर प्रमुख रिसालले उपभोक्ताको सेवामा कुनै पनि अवरोध आउन नदिने प्रतिबद्धता जनाउँदै आगामी दिनमा पनि नियमित निगरानी जारी रहने बताउनुभएको छ। साथै, कृत्रिम अभाव सिर्जना गर्ने वा सेवा रोक्ने पम्पहरूलाई कानुनी कारबाही गर्ने चेतावनी समेत दिनुभएको छ।