Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

सुनको मुल्यमा वृद्धि, एकैदिन ६ हजार २ सय रुपैयाँले बढ्यो

सुनको मुल्यमा वृद्धि, एकैदिन ६ हजार २ सय रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँ पुगेको हो।

यसअघि बिहीबार सुन प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो।