Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुन–चाँदी दुवैको मूल्य घट्यो

सुन–चाँदी दुवैको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर २ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेको हो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घट्दै ४ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ५ रुपैयाँ रहेको थियो।