Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर चिसो बढेपछि जनजीवन प्रभावित

तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर चिसो बढेपछि जनजीवन प्रभावित

काठमाडौँ । तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर चिसो बढेपछि जनजीवन प्रभावित भएको छ।

दुई दिनअघिसम्म बिहान–बेलुका र रातको समयमा चिसो भए पनि दिनभर पारिलो घाम लाग्ने गरेको थियो। तर बुधबारदेखि बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिने चिसो हुन थालेपछि मधेस प्रदेशको जनजीवन प्रभावित हुन थालेको छ।

चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी बढी प्रभावित भएका छन्। छाप्रामा बस्ने अति विपन्न तथा मजदुर परिवार ताता खानेकुरा र न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिन थालेका छन्।

चिसो बढेपछि विपन्न समुदायको बाहुल्यता रहेको बस्तीमा समस्या सुरु भएको छ । चिसो छल्न स्थानीयवासीले आगो बालेर ताप्न थालेका छन्।

चोक– चौतारामा मानिसको जमघट बन्द भएको छ। कठ्याङ्ग्रिँदो चिसोले विद्यार्थीलाई विद्यालय जान समस्या भएको छ भने मजदुर र किसानलाई नियमित काममा निस्किन गाह्रो परेको छ।