काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनका नेताहरुमा अहंकार देखिए जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको चेतावनी दिएका छन् ।
आज पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा उनले आफूहरुको चाहना भने सत्तारुढ गठबन्धनलाई नै निरन्तरता दिने रहेको बताए ।
उनले यसबारेमा थप बोल्न चाहनु भएन । सत्ता गठबन्धनभित्र शक्ति बाँडफाँटका विषयमा औपचारिक छलफल सुरु नभइसकेका बेला नेपालले दिएको चेतावनीलाई अर्थपूर्ण मानिएको छ ।
प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादीले मुख्य पाँच पदमध्ये एक आफूले पाउनुपर्ने दाबी गरेको छ ।