Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाली कांग्रेसले पुस ६ गते संसदीय दलको नेता छान्ने

नेपाली कांग्रेसले पुस ६ गते संसदीय दलको नेता छान्ने

काठमाडौं । नेपाली कांग्रेसले पुस ६ गते संसदीय दलको नेता छान्ने भएको छ।

निर्वाचन पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा हुने भएको संसदीय दल निर्वाचन समितिका संयोजकसमेत रहेका कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए।

कांग्रेसको संसदीय दलको नेतमा प्रतिस्पर्धा गर्न चाहनेले ५१ हजार रुपैयाँ दाखिल गरेर उम्मेदवारीका लागि दरखास्त दिनुपर्नेछ।

कांग्रेसले संसदीय दलको नेता चयनको लागि कार्यतालिका सार्वजनिक गरेको छ। संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिदे जारी गरेको कार्यतालिका अनुसार पुस ४ गते मतदाता नामावली सार्वजनिक गरिनेछ।

पुस ४ गते नै मतदाता नामावली उपर दाबी विरोध गर्नका लागि समय छुटायइएको छ। दाबी विरोध उपर जाँचबुझ गरि पुस ४ गते दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ।