काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सबै दल मिलेर काम गर्नुको विकल्प नरहेको बताएका छन् ।
आज पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित सांसदलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् ।
नेता खनालले नागरिकले कुनै पनि एक दललाई बहुमत नदिएकाले सबै मिलेर काम गर्नुको विकल्प नरहेको बताए ।
उनले आउँदो एक हप्ताभित्र सरकार कस्तो बन्छ भन्ने छिनोफानो भइसक्ने भन्दै सरकारले सही दिशा दिन सक्नुपर्ने बताएका छन् ।
नेता खनालले आउँदो पाँच वर्षमा एकीकृत समाजवादीलाई देशको पहिलो पार्टी बनाउने लक्ष्य लिएर अघि बढ्नुपर्ने बताए ।