Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मापदण्ड विपरीतका साइन बोर्ड हटाउन काठमाडौं महानगरको ताकेता

मापदण्ड विपरीतका साइन बोर्ड हटाउन काठमाडौं महानगरको ताकेता

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्र भित्र रहेका मापदण्ड विपरीतका परिचय पार्टी अर्थात् साइन बोर्ड नराख्न र राखेको भएमा १५ दिनभित्र हटाउन पुनः अनुरोध गरेको छ ।

महानगरको राजस्व विभागले आज सूचना निकालेर महानगरपालिका क्षेत्रभित्र व्यापार गर्ने सङ्घ, संस्था, वित्तीय संस्था, सरकारी तथा गैह्र सरकारी निकायले आफ्नो व्यवसाय वा कार्यालय परिसरमा राखिने साइन बोर्ड ३० वर्ग फिटभन्दा ठूलो नराख्न र राखेको भएमा हटाउन आग्रह गरेको हो ।

व्यवसाय वा कार्यालयको पहिचान दिन राखिने साइन बोर्ड ३० वर्ग फिटभन्दा ठूलो नराख्न तथा राखेको भए हटाउन पटक पटक आग्रह गरिएकोमा अटेर गरी राखेको पाइएको समेत महानगरले जनाएको छ ।

सूचनालाई अवज्ञा गरी सम्बन्धित पक्षले त्यस्ता परिचय पाटी नहटाएमा महानगरपालिकाको टोलीले हटाइ त्यसबापत लागेको खर्च समेत सम्बन्धित पक्षबाट नै असुल उपर गर्ने चेतावनी दिएको छ ।

६ वर्ग फुटसम्मको एउटा मात्र साइन बोर्ड राख्दा वार्षिक ५ सय, १५ वर्ग फुटसम्म एक साइन बोर्ड राख्न पाइने र त्यसको एक हजार ५ सय तथा १५ वर्ग फुटभन्दा माथि ३० वर्ग फुटसम्मको प्रति वर्ग फुट एक वटा मात्र राख्न पाइने र त्यसमा प्रति वर्ग फुटको एक हजार लाग्नेछ ।