काठमाडौँ । सिन्धु पर्यटन ब्यबसायी संघमा पर्यटन ब्यबसायी एवम सुकुटे भ्याली रिसोर्टका संचालक नारायण श्रेष्ठ पुनःअध्यक्षमा चयन भएका छन् ।
श्रेष्ठको नेतृत्वमा सात सदस्यीय कार्य समिति छनौट भएको छ । उपाध्यक्षमा सुनकोशी बीच रिसोर्टका संचालक अञ्जना कुमार खड्का, सचिवमा सुकुटे एडभ्यान्चर रिसोर्टका संचालक गोबिन्द लोहनी, कोषाध्यक्षमा स्याण्डी बीच रिसोर्टका संचालक राजन श्रेष्ठ चयन भएका छन् ।
सदस्यहरुमा रिभर वे रिसोर्टका संचालक महेन्द्र श्रेष्ठ, सुकुटे फन रिसोर्टका संचालक ललित गिरी र भोटेकोशी बीच रिसोर्टका संचालक सुजन बस्नेत चुनिएका छन् । अध्यक्ष श्रेष्ठले सिन्धुपाल्चोकको सुकुटे लगायतका १२ वटै स्थानीय तहका पर्यटकीय क्षेत्रहरुको समुचित बिकास र पर्यटन प्रर्वद्धनमा भूमिका निर्वाह गर्ने जानकारी दिए ।
स्थानीय सरकारसंग सहकार्य गरेर स्थानीय स्तरमा उत्पादित बस्तुहरुलाई सुकुटेका रिसोर्टहरुमा खपत गर्ने कार्य शुरु गरेकोले स्थानीयलाई सहजता मिलेको श्रेष्ठले बताए । जिल्लाको पर्यटकीय क्षेत्र जुगल हिमाल, तातोपानी, भैरवकुण्ड, पाँचपोखरी, गौराती लगायतका पर्यटकीय क्षेत्रलाई प्रर्वद्धन गर्न संघले डिपिआर तयार गरेर काम थालेको बताउदै अध्यक्ष श्रेष्ठले उक्त डिपिआरको आधारमा (याप्टिङ स्कूल निमार्णका कार्यहरु भईरहेको बताएका छन् । प्याराग्लालिङ, साइकिलिङग, पदमार्ग निमार्ण गरेर एक पर्यटकीय स्थलबाट अर्को पर्यटकीय स्थलमा आउजाउ गर्ने काम थाल्ने उनले बताए । संघले फागुन पहिलो सातामा सुकुटे महोत्सव गर्ने भएको छ ।