Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउने शेखर कोइरालाको प्रस्ताव

गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउने शेखर कोइरालाको प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्री गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार प्रस्ताव गरेका छन् ।

आज काठमाडौँको एक होटलमा आफू निकट सांसद र केन्द्रीय सदस्यको भेला राखेर कोइरालाले थापालाई प्रस्ताव गरेका हुन् । थापाको प्रस्तावकमा नेता शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ रहने भएका छन् ।

आउँदो १५ औँ महाधिवेशनमा कोइरालालाई सर्वसम्मत सभापतिको उम्मेदवार बनाउने सर्तमा गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउने निर्णय भएको हो ।

कांग्रेस संसदीय दलको चुनावका लागि आज दिउँसो मनोनयन दर्ताको समय तोकिएको छ । भोलि बिहान ८ बजेदेखि चुनाव हुनेछ ।