Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ ।

संसदीय दलको कार्यालय सिंहरदरबारमा मतदान सुरु भएको हो ।

बिहान ८ बजेदेखि १० बजेसम्म मतदान गर्ने कार्यतालिका थियो । तर मतदान गर्ने स्थानसम्म मोबाइल लैजान पाउने कि नपाउने भन्ने विवादले पूर्वनिर्धारित समयभन्दा झण्डै एक घण्टा ढिला सुरु भएको हो ।

अहिले प्रायः सबै सांसदहरू दलको कार्यालय परिसरमा सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र सहित उपस्थित भइसकेका छन् ।

यसपटक दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिष्पर्धामा छन् ।

कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद छन् । दलको नेता चयन हुनका लागि बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउनुपर्ने छ ।