काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली सांसद डा. सुनिलकुमार शर्माको पहलमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ४७८ जना बिरामीले लाभ उठाएका छन्। काठमाडौं मेडिकल कलेज (केएमसी)सँगको सहकार्यमा चावहिलस्थित भि.एस. स्कुलमा आयोजित शिविरमा सर्वसाधारण, विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको स्वास्थ्य परीक्षण गरिएको हो।

केएमसीका प्रमुख प्रशासकीय अधिकृत तथा प्रबन्धक नारायण दाहालका अनुसार शिविरमा १२८ जनाको ल्याब परीक्षण, ६४ जनाको इसिजी तथा १३५ जनाको भिडियो एक्सरे गरिएको छ। त्यस्तै, २८ जनाको दाँत खोलिएको छ भने ३६ जनालाई थप उपचारका लागि केएमसी रेफर गरिएको छ।

सांसद डा. शर्मा स्वास्थ्य क्षेत्रका अगुवा व्यक्तित्व मात्र नभई समाजसेवामा समेत सक्रिय छन्। उनले आम जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन्। गरिब, विपन्न तथा असहाय नागरिकहरू विशेष रूपमा लाभान्वित भइरहेका छन्।
विशेष कुरा के छ भने, सांसद डा. शर्मा संसदबाट एक रुपैयाँ पनि तलब-भत्ता नलिने नेतामध्येका एक हुन्। जनताको सेवामा समर्पित उनको प्रयासले धेरै नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ।