Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

केएमसीको स्वास्थ्य टोली काठमाडौँको दक्षिणढोकामा, सात सयको निःशुल्क परीक्षण

केएमसीको स्वास्थ्य टोली काठमाडौँको दक्षिणढोकामा, सात सयको निःशुल्क परीक्षण

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको दक्षिणढोकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

सेन्ट जोनेस स्कूलमा अभिभावक र विद्यार्थीहरुलाई गरिएको स्वास्थ्य शिविरमा ६ सय ७५ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

शिविरमा १२३ जनाको ल्याब परीक्षण, ८९ जनाको भिडियो एक्सरे, ५१ जनाको ईसीजी गरिएको थियो ।

९ जनाको दाँत खोलिएको थियो भने २१ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ ।

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।