काठमाडौं। मदन पुरस्कार गुठीले २०८१ सालको मदन पुरस्कार छुदेन काविमोको उपन्यास ‘उरमाल’ लाई दिने निर्णय गरेको छ । मदन पुरस्कार गुठीको बैठकले ‘उरमाल’ लाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।
यसैगरी २०८१ सालको जगदम्बाश्री पुरस्कार प्रेमदेव गिरीलाई दिने निर्णय भएको गुठीले जनाएको छ । विगत पाँच दशकदेखि लोक संस्कृति क्षेत्रमा सक्रिय रहेका गिरीलाई भने लोक भाका संकलन र संरक्षणमा विशिष्ट योगदान गरेबापत उक्त पुरस्कार दिने निर्णय गरेको हो ।