Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

गोकर्णेश्वरको राधाकृष्ण मन्दिरमा आकस्मिक रक्तदान, ४१ जनाले सहभागि

गोकर्णेश्वरको राधाकृष्ण मन्दिरमा आकस्मिक रक्तदान, ४१ जनाले सहभागि

काठमाडौं ,ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) को आव्हानमा गोकर्णेश्वर–०९ स्थित राधाकृष्ण मन्दिरमा आज सम्पन्न ‘आकस्मिक रक्तदान कार्यक्रम–२०८२’ संयोजक राजेश दाहालको  संयोजन र नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको छ।

राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उमेश केसीले सम्पूर्ण कार्यक्रम–सम्हार, स्वयंसेवक परिचालन तथा समन्वय कार्यको जिम्मेवारी बहन गर्दै कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएका थिए।

बिहान ७:३० बजेदेखि ११:०० बजेसम्म सञ्चालन भएको कार्यक्रममा ४१ जनाले स्वेच्छिक रक्तदान गर्दै मानवताको सेवामा महत्वपूर्ण योगदान दिएका छन्।b38bd671-c1fa-4b5a-8afd-0ccc8c841b4f.jpeg

कार्यक्रमको आयोजना जागरुक महा अभियान आवाज मण्डलले गरेको थियो भने प्राविधिक सहयोग हिमाल हस्पिटल ब्लड बैंकले प्रदान गरेको थियो।d10743e6-b6ae-4861-88db-ddbc5ca0831d.jpeg

संयोजक राजेश दाहालले रक्त अभाव बढ्दो रहेको वर्तमान परिस्थितिमा समुदायले सहकार्य गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए।
उनका अनुसार, “यस्तो अवस्थामा रक्तदान जीवनदान होस्। सबैले रक्तदान गरौँ, सहयोग गरौँ।”

संयोजक राजेश दाहाल र राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उमेश केसीको सक्रियता र नेतृत्वमा सम्पन्न कार्यक्रममा स्थानीय युवादेखि सामाजिक अभियन्तासम्मको उत्साहपूर्ण उपस्थिति थियो। रक्तदाताहरूले स्वास्थ्य परीक्षणपछि प्रमाणपत्र समेत प्राप्त गरेका थिए।88f52bb9-434b-4033-94c6-27f91770ec70.jpeg