Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सोताङमा स्वास्थ्य शिविरः अधिकांश बिरामीमा उच्च रक्तचाप र श्वासप्रश्वास समस्या

सोताङमा स्वास्थ्य शिविरः अधिकांश बिरामीमा उच्च रक्तचाप र श्वासप्रश्वास समस्या

काठमाडौँ । सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालन भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा जाँच गराएका बिरामीमध्ये ठूलो संख्यामा दीर्घरोग देखिएको छ। परीक्षणमा सहभागी करिब ५ सयमध्ये ७० प्रतिशतमा उच्च रक्तचाप, ५० प्रतिशतमा दम–खोकी, ३० प्रतिशतमा मटुरोग र १५ प्रतिशतमा मधुमेह तथा मुटुरोगको समस्या पाइएको वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा प्रकाशराज रेग्मीले जानकारी दिए।

शिविरमा ८ प्रतिशतमा जन्मजात र ५ प्रतिशतमा बाथ मुटुरोग देखिएको छ। साथै, १५ विद्यालयका करिब २ हजार ५ सय बालबालिकाको परीक्षण गर्दा २० जनामा मुटुरोग भेटिएको र तीमध्ये ४ जनालाई तत्काल शल्यक्रिया आवश्यक रहेको जनाइएको छ।

नेपाल हार्ट फाउन्डेसन, पाटन रोटरी क्लब, मेडिकेयर अस्पताल र चेपेल फाउन्डेसनको आयोजनामा सम्पन्न शिविरमा इको र इसीजी परीक्षण गरिएको थियो। लोमस फर्माको सहयोगमा करिब ५ लाख रुपैयाँ बराबरका औषधि वितरण गरियो। शिविरमा डा. उर्मिला शाक्य, प्रेमराज वैद्य, अजय अधिकारी र एञ्जिला वैद्यले सेवा दिएका थिए।