काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ, जसले खरिदकर्तालाई केही राहत दिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले घटेर ३ लाख ७ हजार ७०० रुपैयाँमा झरेको छ। अघिल्लो दिन मंगलबार भने सुन ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १८५ रुपैयाँले घटेर ५ हजार १५० रुपैयाँमा कायम भएको छ, जबकि मंगलबार यसको मूल्य ५ हजार ३३५ रुपैयाँ थियो।