काठमाडौँ । होटल पौवाको १० औँ स्थापना दिवसको अवसर पारेर होटल पौवा काठमाडौँले कात्यायनी चोकमा रहेको अनमोल बाल विकास गृहमा रहेका बालवालिकाहरुलाई खाना खुवाएको छ । बाल विकास गृहमा रहेका २७ जना बालवालिकाहरुलाई खाना खुवाईएको होटल पौवा काठमाडौँका म्यानेजर महेन्द्र भण्डारीले जानकारी दिए ।
भण्डारीले स्थापनाको १० औँ वर्ष पुरा गरेको अवसरमा देशभरका शाखाहरूले पनि विभिन्न ठाउँहरुमा सहयोग गरेको जनाए । होटल पौवा भैरहवा शाखाले रक्तदान,होटल पौवा पोखरा र होटल पौवा बुटवलले आश्रममा खाना खुवाएका हुन् । होटल पौवा ग्रुपले आफ्नो स्थापनाको १० औँ वर्ष पुरा गरेको अवसरमा देशभरका शाखाहरूमा ३ दिने विशेष स्वाद उत्सव आयोजना गरेको छ। यही चैत २६, २७ र २८ गते तीन दिनसम्म सञ्चालन हुने उक्त उत्सवमा होटल पौवाका सबै शाखाहरूमा विशेष अतिथि सत्कारसहित नेपाली रैथाने स्वाद लिएर ग्राहकहरूलाई छुट्टै अनुभव र आदानप्रदान गर्ने कार्यक्रम राखिएको छ ।
हालसम्म पौवाले रुपन्देहीको बुटवल, भैरहवा, सालझण्डी, कपिलवस्तुको गोरुसिङ्गे, बाँकेको नेपालगन्जदेखि कर्णालीका जुम्ला र सुर्खेतसम्म, साथै काठमाडौं, पोखरा, जनकपुर, धनगढी, तानसेन, कालिन्चोक लगायतका पर्यटकीय तथा धार्मिक गन्तव्यमा गरी १९ शाखा विस्तार गरिसकेको जनाएको छ। हाल होटल पौवाका विभिन्न शाखामा २ सय ५० भन्दा बढी लगानीकर्ता आबद्ध छन् भने एक हजारभन्दा बढी कर्मचारी कार्यरत छन्।