Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुत्केरी भएकै दिन संसार छोडिन् अस्मिताले: डाक्टरको लापरबाही भन्दै सुजनको रुवाबासी, न्यायका लागि गुहार

सुत्केरी भएकै दिन संसार छोडिन् अस्मिताले: डाक्टरको लापरबाही भन्दै सुजनको रुवाबासी, न्यायका लागि गुहार

भनिन्छ, सन्तान जन्मनु एउटा आमाका लागि नयाँ जीवन पाउनु सरह हो। तर, सबैको भाग्यमा यो खुसी कहाँ लेखिएको हुँदो रहेछ र! एउटा नयाँ जीवनलाई धर्तीमा टेक्न दिएर, आफैँले सदाका लागि संसार छोड्नुपर्दाको पीडा कति भयानक होला? यस्तै एउटा मर्माहत र कारुणिक घटना अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छाएको छ, जसले सुन्ने र देख्ने हरेकको आँखा रसाएका छन्।

को पछिल्लो श्रृंखलामा आफ्नी दिवंगत श्रीमती अस्मिताको न्यायका लागि भक्कानिएका सुजनको पीडाले ढुङ्गाको मुटु भएकाहरूलाई पनि पगालेको छ। आफ्नी प्राणपियारी श्रीमतीले सुत्केरी भएकै दिन संसार त्यागेपछि सुजन अहिले गहिरो शोकमा डुबेका छन्। हिजोसम्म सँगै जिउने, सँगै मर्ने कसम खाएकी जीवनसङ्गिनी आज केवल सम्झनामा मात्र सीमित भएकी छन्।

 

"डाक्टरको लापरबाहीले मेरो संसार उजाडियो"

पोडकास्टमा सुजनले रोएरै आफ्नो कारुणिक कथा सुनाएका छन्। आफ्नी श्रीमतीको मृत्यु सामान्य नभई डाक्टरको गम्भीर लापरबाहीका कारण भएको उनको आरोप छ। 'ज्यानमारा डाक्टर' को गैरजिम्मेवारीपनले गर्दा एउटा काखे बालकले जन्मने बित्तिकै आमाको न्यानो काख गुमाउनुपरेको छ भने सुजनले आफ्नो सम्पूर्ण संसार गुमाएका छन्।

भिडियोमा सुजनको अवस्था हेर्दा जोकोहीको पनि मन सम्हाल्न गाह्रो हुन्छ। सुरुदेखि अन्तिमसम्म आँसु खसाल्दै उनले भनेका कुराहरूले अस्पताल र चिकित्सकहरूको संवेदनशीलतामाथि ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ।

सामाजिक सञ्जालमा न्यायको माग: "न्याय देउ सरकार!"

यो हृदयविदारक भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पीडित परिवारप्रति सहानुभूति र दोषी डाक्टरमाथि कारबाहीको माग गर्दै आक्रोशको बाढी नै आएको छ।

आफ्नो माइतीघर त्यागेर श्रीमान्को ओठको मुस्कान बन्न आएकी अस्मिता आज यो संसारमा छैनन्। तर, उनले छाडेर गएको त्यो सानो सन्तान र न्यायका लागि भौंतारिएका सुजनका आँसुले राज्यको कानुन र स्वास्थ्य क्षेत्रको अनुगमनमाथि गम्भीर प्रश्न उठाइरहेको छ। पीडित सुजनले न्याय पाउलान् या यो घटना पनि अरू घटना जस्तै सामसुम होला? त्यो भने हेर्न बाँकी नै छ। तर, अहिलेका लागि सुजनको यो चित्कारले सिङ्गो देशलाई नै स्तब्ध बनाएको छ।