Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भुपेन क्षेत्रीको “ दसैँ यसपाली ” सार्वजनिक

भुपेन क्षेत्रीको “ दसैँ यसपाली ” सार्वजनिक

काठमाडौँ । कृष्ण राज भण्डारीको दसैँ गीत “ दसैँ यसपाली ” बजारमा आईसकेको छ । घन्काउदै मादलु बजाउदै तालि /यस्तै हो साथि हाम्रो दशैँ यसपाली ..परदेशी गाउघर आउदा /जमरा र टिका लाउदा सारै हर्ष लाग्छ नि हौ साथि …जस्ता शब्द खेलाइएको गितमा एक परदेशी चाडबाडमा स्वदेश, गाउघर फर्किदा घरपरिवार र साथीभाईको खुशीभाव कस्तो हुन्छ भन्ने भाव समेटिएको छ ।

लोक /आधुनिक विधामा तयार भएको यो गीतको भिडियोमा भुपेन सिङ्ग क्षेत्रि फिचर्ड छन् ।

कृष्ण राज भण्डारीको शब्द, लाल बहादुर सुब्बाको संगीत रहेको यस दसैँ गितमा सबिन लिम्बु ,देव राना ,र कृष्णको आवाज सुन्न सकिन्छ । रोशन श्रेष्ठको छायांकन विवेक सुनारको सम्पादन रहेको यो म्युजिक भिडियो अनिल श्रेष्ठको निर्देशनमा तयार भएको हो । यो गितले हाम्रो गाउघरको अर्गानिक कथावस्तु सम्प्रेषण गरेको छ । जसमा चाडबाड र परदेशीको कथा समेटिएको छ ।

[embed]https://www.youtube.com/watch?v=r4gFbzwPvz8[/embed]