Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

कृषि विकास बैंकद्वारा विश्व वातावरण दिवसमा १०० फलफूलका बिरुवा रोपेर वृक्षारोपण कार्यक्रम

कृषि विकास बैंकद्वारा विश्व वातावरण दिवसमा १०० फलफूलका बिरुवा रोपेर वृक्षारोपण कार्यक्रम

काठमाडौँ ।  विश्व वातावरण दिवसको अवसरमा कृषि विकास बैंक लिमिटेडले वृक्षारोपण कार्यक्रम आयोजना गर्दै भक्तपुरको बोडेस्थित केन्द्रीय तालिम प्रतिष्ठान परिसरमा विभिन्न फलफूल जातका १०० बिरुवा रोपेको छ।

Screenshot 2026-06-05 165201.png

‘सुरक्षित भविष्यका लागि स्वच्छ वातावरण, प्रकृति जोगाऔँ र भविष्य बचाऔँ’ भन्ने नारासहित कार्यक्रम गरिएको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले वृक्षारोपण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए।

कार्यक्रममा उपमहाप्रबन्धकहरू प्रताप सुवेदी, मिनराज पोखरेल र सुशिल हुँमागाई, मार्केटिङ तथा सेल्स विभाग प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, केन्द्रीय तालिम प्रतिष्ठान निर्देशक सरीता दहाल तथा वरिष्ठ शाखा प्रमुख भोला नेपाललगायत कर्मचारीहरूको सहभागिता रहेको थियो।

Screenshot 2026-06-05 165206.png
undefined

विश्व वातावरण दिवस हरेक वर्ष जुन ५ मा मनाइन्छ। वातावरणीय समस्याप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो।