काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत बुँदा नं. ८५ (घ) अनुसार सरकारी अस्पतालमा सुलभ फार्मेसी विस्तार गर्ने कार्यक्रम कार्यान्वयन गरिएको हो।
मन्त्रालयका अनुसार बिरामीलाई सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराई उपचार खर्च घटाउने उद्देश्यले यो सेवा सुरु गरिएको हो। मन्त्री मेहताले सरकारी अस्पतालमा आउने बिरामीले आवश्यक औषधि सस्तो र सहज रूपमा अस्पतालबाटै पाउने व्यवस्था सुनिश्चित गर्न निर्देशन दिनुभएको थियो।
मन्त्रालयले यो कार्यक्रमअनुसार देशभरका सरकारी अस्पतालमा समेत सुलभ फार्मेसी विस्तार गर्ने तयारी भइरहेको जनाएको छ।