Jul 25 2026 | २०८३, श्रावण ९ गते

Jul 25 2026 | २०८३, श्रावण ९ गते

चितवनमा जंगली हात्तीको आक्रमणबाट आमा-छोराको मृत्यु

चितवनमा जंगली हात्तीको आक्रमणबाट आमा-छोराको मृत्यु

काठमाडौँ ।  चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उहनकी ४ वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो।

हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उनको कच्ची घरमा आगलागी भएको थियो।

आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो।