Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

जुवाडेको पैसा लुटेर हिड्ने यी प्रहरी ...

जुवाडेको पैसा लुटेर हिड्ने यी प्रहरी ...

काठमाडौँ । अपराधि, लुटेरा पक्राउ गर्ने प्रहरी आफै लुटपाटमा सलग्न हुन् थालेका छन्। दसैको समयमा धेरैमा जुवाडेहरु पक्राउ पर्छन् । यो सामान्य जस्तै हो / तर पक्राउ गर्ने प्रहरीले जुवाडेको समुहलाई पक्राउ नगरेर जुवा खालको पैसा मात्रै लगेर गएको समाचार बाहिरिएको छ । अब प्रहरी टोलि आएपछि जुवाडे समुह पक्राउ गर्नुपर्ने हो । तर ति प्रहरीले पैसा मात्र लिएर गएपछी उनीहरु चुकेको देखिएको छ । कुरा सुन्दा हासोलाग्दो पनि छ । । दाङमा नेपाली कांग्रेसका नगर सभापतिको घरमा चलिरहेको जुवाखालमा छापा मार्न गएको प्रहरीले उल्टै पैसा लुटेर हिँडेको छ । मंगलबार राति करिब साढे १० बजे सुरूमा हमालको घरमा जिप्रका दाङका दुईजना सादा पोशाकका प्रहरी खटिएका थिए ।

उनीहरूले कार्डपत्ति खेलिरहेका ८ जनालाई नियन्त्रणमा लिएका थिए । त्यसपछि इप्रका हेकुलीका इन्चार्ज सई रावतलाई खबर गरिएको थियो । रावत पुगेपछि जुवाडेले आफूहरू गिरफ्तारी दिन तयार भएका थिए । तर, रावतसहित जिप्रकाबाट आएका सहायक हवल्दार बेलबहादुर बोहरा र जवान हिमाल शाहीले जुवाडेलाई पक्राउ नगरी जुवाखालमा रहेको करिब ८० हजार रूपैयाँ लगेर भागेको खुलासा भएको छ । इलाका प्रहरी कार्यालय हेकुलीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) भीमबहादुर रावत नेतृत्वको टोली तुलसीपुर उपमहानगरका कांग्रेस सभापति सुरेश हमालको दंगिशण-३ रावतगाउँस्थित घरमा जुवाखालमा पुगको थियो । उक्त घरमा हमालका बुवा बस्दै आएका छन् । मंगलबार राति करिब साढे १० बजे सुरूमा हमालको घरमा जिप्रका दाङका दुईजना सादा पोशाकका प्रहरी खटिएका थिए । उनीहरूले कार्डपत्ति खेलिरहेका ८ जनालाई नियन्त्रणमा लिएका थिए । त्यसपछि इप्रका हेकुलीका इन्चार्ज सई रावतलाई खबर गरिएको थियो । रावत पुगेपछि जुवाडेले आफूहरू गिरफ्तारी दिन तयार भएका थिए ।

तर, रावतसहित जिप्रकाबाट आएका सहायक हवल्दार बेलबहादुर बोहरा र जवान हिमाल शाहीले जुवाडेलाई पक्राउ नगरी जुवाखालमा रहेको करिब ८० हजार रूपैयाँ लगेर भागेका थिए । हामीलाई पक्राउ गर्नुस् भनेका हौं । तर, पुलिसले हामीलाई नलगी पैसामात्रै लगेर भागे’, जुवामा संलग्न होमर केसीले नेपाल भने । उनका अनुसार तास खेल्ने ठाउँमा कोही पनि पेशेवार जुवाडे थिएनन् । घरबेटी टोपबहादुर हमाल बिरामी भएकाले भेट्न गएका बेला समय गुजार्न तास खेलेको उनले बताए । सई भीमबहादुर रावतले भने प्रहरीले नलगेको प्रतिक्रिया दिएका छन् । जिप्रकाको टोलीले जुवाडे नियन्त्रणमा लिएको थियो । म गएपछि सम्झाईबुझाई छाडेको हो । पैसा लगेको होइन’,सई रावतले भने ।

तर, जिप्रकाबाट गएका दुबैजना प्रहरीले भने पैसा लगेको स्वीकार गर्दै गल्ती गरेको बताएका छन् । जुवाडे समातेर पैसा ल्याई आएका हौं । पैसा ल्याएर जीन्दगीमा ठूलो भूल भयो`, उनीहरूले भने । उनीहरूले यसबारेमा जिप्रकामा भने कुनै जानकारी नदिएको बताएका छन् । दाङ प्रहरी प्रमुख रामबहादुर केसीले पनि यसबारेमा आफूलाई थाहा नभएको बताए । प्रहरी त्यस्तो गर्नु अपराध हो । छानबिन गरेर दोषी देखिए कारवाही गर्छौं`, एसपी केसीले भने ।

प्रहरी हुँ भन्दै लुटपाट गर्ने /बर्दीको आडमा कालो धन्दा गर्ने प्रहरी /हिरासतमै प्रहरीबाट 'बलात्कार'- जस्ता समाचारहरु नबाहिरिएका हैनन् । प्रहरीकै यस्तो कर्तुत बाहिरिदा देशको प्रशाशन /सुरक्षा माथि नै प्रश्न उठिरहेको हुन्छ ।