Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

दुई कठ्ठा जग्गा माग गर्दा नदिएपछि श्रीमतीको ब्वाइफ्रेन्डलाई गोली हानी हत्या

दुई कठ्ठा जग्गा माग गर्दा नदिएपछि श्रीमतीको ब्वाइफ्रेन्डलाई गोली हानी हत्या

काठमाडौँ । श्रीमतीको ब्वाइफ्रेन्डसँग दुई कठ्ठा जग्गा माग गर्दा नदिएपछि एक युवकको गोली हानेर हत्या गरिएको छ । श्रीमतीसँग प्रेम सम्बन्धमा रहँदै आएका एक युवकलाई जग्गा माग गर्दा नदिएपछि श्रीमाने गोली हानी हत्या गरेको समचार बाहिरिएको हो । दाङको घोराही उपमहानगरपालिका ६ अघराका ४५ वर्षीय शिवराज केसीको हत्या भएको थियो । उक्त घटनामा उनकै प्रेमिका सहित प्रेमिकाको श्रीमान र उनका भाई मुछिएका छन् ।

शिवराज केसीको शव शुक्रबार बंगलाचुली गाउँपालिका ४ गदारी जंगलको कोइला खानीमा छातीमा भरूवा बन्दुक लागेको अवस्थामा भेटिएको थियो ।

विगतदेखिनै प्रेम सम्बन्धमा रहेकी दिपा कुँवर सहित उनका श्रीमान र भाई अहिले प्रहरीको दायरामा छन् ।

शिवराजको हत्यामा संलग्न रहेको आशंकामा बंगलाचुली गाउँपालिका ४ गदारीका ४३ वर्षीय शेरबहादुर कँवर, उनकी ३५ वर्षीया श्रीमती दीपा कँवर र दीपाका भाइ २९ वर्षीय तिलक पुनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको छ ।

प्रहरीेले आज पत्रकार सम्मेलनगरी शेरबहादुरकी श्रीमती दिपा र हत्या गरिएका शिवराज विगत वर्षदेखि प्रेम सम्बन्धमा रहेको र उनीहरूको प्रेमका बारेमा श्रीमान जानकार रहेको खुल्न आएको हो । ‘शेरबहादुरकी श्रीमती दिपा र हत्या गरिएका शिवराज विगत केही वर्षदेखि प्रेम सम्बन्धमा थिए’, । श्रीमती परपुरूषको प्रेममा भएको श्रीमान जानकार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।’

पछि शेरबहादुरले श्रीमती प्रयोग गरेर शिवराजसँग सम्पत्ति हडप्न खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीको अनुसार पुस ८ गते दिपाले प्रेमी शिवराजलाई श्रीमानको योजनामा फोन गरेर कोइलाखानी बोलाएकी थिइन् । प्रेमीका भेट्न कोइलाखानी पुगेका शिवराजलाई सुरूङभित्र लगेर बन्धक बनाइ दुई कठ्ठा जग्गा दिन दबाब दिइएको थियो ।

उनिहरुले मृतक शिवराजलाई सोचीसम्झी योजना बनाएर बन्धक बनाएका थिए । बन्धक रहेका शिवराजलाई श्रीमान श्रीमती दुवैले कि दुई कठ्ठा जग्गा दे । नत्र गोली हानेर मार्छौ भनी धम्की दिइएको र ‘शिवराजले जग्गा दिन अस्वीकार गरेपछि छातीमा गोली हानेर हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको हो । प्रहरीका अनुसार शिवराजको हत्यामा प्रयोग गरिएको भरूवा बन्दुक पनि अवैध हो ।

अभियुक्तहरू घटना पश्चात नयाँ दिल्ली पुगेका थिए । उनिहरुलाईर भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अभियुक्तहरुको बयानको आधारमा व्यक्ति हत्यामा प्रयोग गरिएको बन्दुक र त्यसमा लाग्ने गोलिका खोका प्रहरीले बरामद गरिसकेको छ । घटना बारे विस्तृतरुपमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

घोराही ६ अघरा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका शिवराज पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर निस्किएका थिए । त्यसपछि उनी उनी सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो ।