Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

भंगहा–जयनगर रेलभित्रै अचानक लडेर एक यात्रुको मृत्यु

भंगहा–जयनगर रेलभित्रै अचानक लडेर एक यात्रुको मृत्यु

जनकपुरधाम । भंगहा–जयनगर रेलभित्रै अचानक लडेर एक यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका ४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार आज बिहान ८ बजे महोत्तरीको भंगहाबाट जयनगर तर्फ जान लागेको रेलमा पण्डित लोहारपट्टीमा चढेका थिए ।

टिटी ९रेलको कन्डक्टर०ले टिकट चेक गर्न जाँदा अचानक रेलको डिब्बाभित्रै लडेर उनको मृत्यु भएको जानकारीमा आएको डिएसपी अवाले बताए ।