Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सोफा किनेरै थाइल्यान्ड घुम्न जान पाउने १० भाग्यमानी

सोफा किनेरै थाइल्यान्ड घुम्न जान पाउने १० भाग्यमानी

काठमाडौँ । चाडपर्वको समयमा विभिन्न व्यापारिक संस्थान तथा कम्पनीहरुले सेवाग्राहीलाई लोभ्याउने खालका प्याकेजहरु ल्याउँछन्। यस्तै सोफा हब काठमाडौँले पनि गएको दसैँ, तिहार र छठमा ‘दसैँ तिहार झड्का’ अफर ल्याएको थियो। 

उक्त अफरमा आफ्नो कम्पनीमा सोफा तथा अन्य फर्निचरका सामान खरिद गर्ने १० थाइल्यान्ड घुम्न जान पाउने अवसर दिइएको थियो। सोहीअनुसार मंगलबार भक्तपुरमा आयोजित एक समारोहमा कम्पनीले लाइभ ’लक्की ड्र’मार्फत थाइल्यान्ड भ्रमणको अवसर पाउने १० जना विजेताको घोषणा गरेको छ । 

जसअनुसार लक्ष्मी नेपाली, अर्जुन जोशी, विनोद लोध, प्रतीक्षा विक, कुशुम कला गणेश, बिनोद गुरुङ, जमुना केसी, गोमा लामिछाने, टम बहादुर सुनार र माधवप्रसाद दुलालले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेको सोफा हबका सीईओ तारालाल धरेलले जानकारी दिए । 

उक्त अवसरमा सीईओ धरेलले योजनामा सहभागीहरू सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दै १० जना विजेताहरूलाई बधाई ज्ञापन गरे । साथै उनले आगामी दिनहरूमा पनि सोफा हब काठमाडौँले विभिन्न सुविधासहितको योजनाहरू लिएर ग्राहकहरू माझ आइरहने प्रतिबद्धता समेत व्यक्त गरे ।

स्थापना कालदेखि नै कम्पनीले गुणस्तरीय र आधुनिक डिजाइनका फर्निचरहरू सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको जनाएको छ । नेपालभर कम्पनीको  १० वटा शाखा सञ्चालनमा रहेका छन्।