Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुन–चाँदीको भाउ आज झर्यो, अन्तर्राष्ट्रिय बजारमा पनि हलचल

सुन–चाँदीको भाउ आज झर्यो, अन्तर्राष्ट्रिय बजारमा पनि हलचल

काठमाडौँ । आज नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्यमा हल्का गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला छापावाल सुन आज रु २,५२,४०० मा झरेको छ, जुन बिहीबारको रु २,५३,३०० भन्दा रु ९०० कम हो।
त्यस्तै चाँदीको मूल्य पनि घटेर आज रु ३,५५५ मा सीमित भएको छ, जुन हिजोको रु ३,६२५ भन्दा रु ७० ले कम हो।

अन्तर्राष्ट्रिय बजारमा पनि समान प्रवृत्ति देखिएको छ। आज एक औँस सुनको मूल्य ४,२४० अमेरिकी डलर पुगेको छ भने चाँदी ५८ डलर मा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।