Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनचाँदीको भाउले बनायो नयाँ उचाइ, आज फेरि बढ्यो मूल्य

सुनचाँदीको भाउले बनायो नयाँ उचाइ, आज फेरि बढ्यो मूल्य

काठमाडौँ । लगातार उकालो लागिरहेको सुनचाँदीको मूल्यले आज फेरि नयाँ संकेत देखाएको छ। मंगलबारको तुलनामा आज सुन प्रतितोला रु ७०० ले बढेको छ भने चाँदीको मूल्यमा रु १७० को वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५९ हजार ७०० पुगेको छ। त्यस्तै, एक तोला चाँदीको मूल्य रु चार हजार ५५ कायम गरिएको छ।

यसअघि मंगलबार सुन प्रतितोला रु दुई लाख ५९ हजारमा कारोबार भएको थियो भने चाँदीको मूल्य रु तीन हजार ८८५ थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३३० अमेरिकी डलरमा किनबेच भइरहेको छ भने चाँदी प्रतिऔँस ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।