Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनचाँदीको भाउ उकालो, एकै दिनमा सुन ३४ सयले बढ्यो

सुनचाँदीको भाउ उकालो, एकै दिनमा सुन ३४ सयले बढ्यो

काठमाडौँ । लगातार बढ्दो क्रममा रहेको सुनचाँदीको मूल्यले आज पनि नयाँ उचाइ छोएको छ। सोमबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला २ लाख ६१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ, जुन हिजोको तुलनामा ३४ सय रुपैयाँले बढी हो। हिजो आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँ थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनसँगै चाँदीको भाउ पनि बढेको छ। हिजो प्रतितोला ४ हजार १ सय ५ रुपैयाँ रहेको चाँदी आज १ सय ३० रुपैयाँले बढेर ४ हजार २ सय ३५ रुपैयाँ पुगेको छ।