काठमाडौँ । लगातार बढ्दो क्रममा रहेको सुन र चाँदीको मूल्यले बुधबार पनि नयाँ उचाइ छोएको छ। बुधबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढ्दै २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो, जुन दिन ५ हजार ५ सय रुपैयाँको ठूलो वृद्धि देखिएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि उकालो लागेको छ। बुधबार चाँदी प्रतितोला १६५ रुपैयाँले बढेर ४ हजार ४२० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो। प्रतिशतका हिसाबले चाँदीको मूल्य वृद्धिदर सुनको भन्दा बढी देखिएको छ।