काठमाडौँ । नेपाली बहुमूल्य धातुको बजारमा मूल्यवृद्धि रोकिएको छैन। साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले बढ्दै २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार पनि सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले बढेर २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको थियो।
चाँदीको मूल्य पनि उस्तै रूपमा बढेको छ। आइतबार चाँदी प्रतितोला २ सय ७० रुपैयाँले वृद्धि भई ४ हजार ८ सय ३५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।