काठमाडौँ । स्थानीय बजारमा बहुमूल्य धातुको मूल्यमा आज उल्लेख्य कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन ७ हजार ९०० रुपैयाँले घटेर प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा झरेको छ। यसअघि सोमबार सुन २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। सोमबार प्रतितोला ३०५ रुपैयाँ घट्दै ४ हजार ५९० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।
एकैदिन सुन र चाँदी दुवैको मूल्य घटेपछि बजारमा चासो बढेको छ।