काठमाडौँ । लगातार बढ्दो क्रममा रहेको सुनचाँदीको मूल्य आज भने ओरालो लागेको छ। स्थानीय बजारमा आज छापावाल सुन प्रतितोला रु दुई लाख ६१ हजार मा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला रु चार हजार ४७० कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार १०० र चाँदी प्रतितोला रु चार हजार ५९० मा किनबेच भएको थियो। मूल्य घटेसँगै आज दुवै धातु अघिल्लो दिनको तुलनामा सस्तो भएका हुन्।