काठमाडौँ । आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको हो।
महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार घटेर २ लाख ६० हजार ४ सय रुपैयाँमा झरेको छ।
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला ४ हजार ५ सय २५ रुपैयाँ रहेको चाँदी आइतबार २५ रुपैयाँले घटेर ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।