Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

चाँदीको मूल्य ऐतिहासिक उचाइमा, सुनको भाउ भने घट्यो

चाँदीको मूल्य ऐतिहासिक उचाइमा, सुनको भाउ भने घट्यो

काठमाडौँ । बजारमा बहुमूल्य धातुको मूल्यमा फरक–फरक उतारचढाव देखिएको छ। बुधबार चाँदीको मूल्यले नयाँ कीर्तिमान बनाउँदै प्रतितोला ४ हजार ९३५ रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा चाँदीको भाउ ५५ रुपैयाँले बढेको हो। मंगलबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो। यसअघि पुस १४ गते चाँदीको उच्च मूल्य ४ हजार ८९५ रुपैयाँ कायम भएको थियो।

उता, सोही दिन सुनको मूल्य भने सामान्य घटेको छ। महासंघका अनुसार सुन प्रतितोला ४ सय रुपैयाँले घट्दै २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन सुनको भाउ २ लाख ६८ हजार १ सय रुपैयाँ थियो। हालसम्मकै उच्च मूल्य भने पुस १३ गते कायम भएको थियो, जब सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो।