Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको भाउ ओरालो, तोलामा २ हजार रुपैयाँ घट्यो

सुनको भाउ ओरालो, तोलामा २ हजार रुपैयाँ घट्यो

काठमाडौं । घरेलु बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार सुन २ लाख ६७ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो। पुस १३ गते भने सुनले हालसम्मकै उच्च मूल्य कायम गर्दै प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ छोएको थियो।

चाँदीको मूल्य पनि ओरालो लागेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ९३५ रुपैयाँ रहेको चाँदी बिहीबार १ सय रुपैयाँ घटेर ४ हजार ८३५ रुपैयाँमा झरेको छ। बुधबारको मूल्य हालसम्मकै उच्च रहेको महासंघले जनाएको छ।