काठमाडौँ । अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै शुक्रबार नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार १ सय रुपैयाँले बढ्दै २ लाख ६७ हजार ८ सय रुपैयाँ पुगेको छ। यसअघि बिहीबार सुन २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार यसअघि पुस १३ गते सुन हालसम्मकै उच्च मूल्य २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको रेकर्ड रहेको छ।
यता, चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो। चाँदीको हालसम्मकै उच्च मूल्य भने पुस २३ गते प्रतितोला ४ हजार ९३५ रुपैयाँ पुगेको थियो।