काठमाडाैं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २८ सय रुपैयाँले बढेर दुई लाख ७० हजार ६ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा महँगो मूल्य हो।
यसअघि गएको शुक्रबार सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको थियो। बुधबार र बिहीबार लगातार घटेको सुनको भाउ शुक्रबार र आइतबारदेखि फेरि उकालो लागेको हो। शुक्रबार सुन तोलाको दुई लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यसअघि पुस १३ गते पनि सुनको मूल्य दुई लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो, तर पछि घटेको थियो। आज फेरि सोही उच्च मूल्यमा पुग्दै सुनले पुरानै रेकर्ड दोहोर्याएको हो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा २१० रुपैयाँले वृद्धि भई चाँदीको मूल्य तोलाको चार हजार ९ सय ९० रुपैयाँ पुगेको छ। यो मूल्य पनि चाँदीकै हालसम्मकै उच्च हो।