Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बत्ती जान थालेपछि समस्या समाधान गर्न शाक्यको निर्देशन

बत्ती जान थालेपछि समस्या समाधान गर्न शाक्यको निर्देशन

काठमाडौं । पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि बत्ती जाने आउने गरेको भन्दै उपभोक्ताको गुनासो बढ्न थालेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्या पत्ता लगाई समाधानका निम्ति सरोकारवालालाई निर्देशन दिएका छन् । उपभोक्तबाट यस्तो गुनासो आउन थालेपछि उनले स्थलगत निरीक्षणका साथै सरोकारवाला पक्षसँग छलफल गरेका हुन् ।

समस्या समाधानका निम्ति शाक्यले बिहीबारदेखि निरन्तर प्रयास जारी राखेका छन् । शुक्रबार करिब १०ः०० बजेतिर आकस्मिक रूपमा निरीक्षणका निम्ति प्राधिकरणको लगनखेल र जावलाखेल केन्द्र पुगेर त्यहाँको अवस्थाबारे उनले जानकारी लिएका थिए ।

बिहीबार राति अबेरसम्म भार प्रेषण केन्द्र स्युटाचारमा ग्रीड तथा माथिल्लो तहका कर्मचारीसँगै राखेर उनले छलफल गरेका थिए । छलफलमा उनले तत्काल प्राविधिक समस्या पत्ता लगाई समाधानको उपाय खोजी गर्न निर्देशन दिए ।

निर्देशक शाक्यले भने, “पछिल्लो समय मुख्य गरेर पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बत्ती जान थालेको भन्दै ग्राहकबाट गुनासो आउन थालेपछि समस्याको जड खोतल्ने र समाधान गर्ने प्रयासका लागि मैले बिहीबार राति अबेरसम्म भार प्रेषण केन्द्र र ग्रीडका माथिल्लो तहका कर्मचारीसँग बसेर छलफल गरेको छु ।”