काठमाडौं । अन्तर्राष्ट्रिय बजारको निरन्तर उकालो प्रभावसँगै नेपाली बजारमा सुन र चाँदीको मूल्यले फेरि इतिहास रचेको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अघिल्लो दिनभन्दा १ हजार ८ सय रुपैयाँले बढेको हो। सोमबार प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।
चाँदी पनि महँगिएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३४० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा १४५ रुपैयाँ बढी हो। हिजो चाँदी प्रतितोला ५ हजार १९५ रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी दुवैले नयाँ रेकर्ड बनाएपछि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको व्यवसायीहरूले बताएका छन्।