काठमाडौँ । लगातार घटबढ भइरहेको सुनचाँदीको मूल्य शुक्रबार फेरि उकालो लागेको छ। अघिल्लो दिन घटेको सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ७७ हजार २ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि बुधबार सुनको मूल्य हालसम्मकै उच्च २ लाख ७८ हजार रुपैयाँ पुगेको थियो।
चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १६० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ६४५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ५ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो। चाँदीको हालसम्मकै उच्च मूल्य भने बुधबार प्रतितोला ६ हजार ६५५ रुपैयाँ रहेको थियो।