Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुनको मूल्य फेरि उच्च विन्दुमा, चाँदी पनि महँगियो

सुनको मूल्य फेरि उच्च विन्दुमा, चाँदी पनि महँगियो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा सुनको मूल्यले मंगलबार पुनः नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८४ हजार ७ सय रुपैयाँ पुगेको छ।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो। लगातार बढ्दो अन्तर्राष्ट्रिय मूल्यका कारण स्थानीय बजारमा पनि सुनको भाउ उकालो लागिरहेको महासंघले जनाएको छ।

यसैबीच, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला ७० रुपैयाँले बढेर ५ हजार ८८० रुपैयाँ पुगेको छ, जबकि अघिल्लो दिन यसको मूल्य ५ हजार ८१० रुपैयाँ थियो।