काठमाडौँ । वैश्विक बजारको प्रभावले नेपाली बजारमा सुनको मूल्य एकाएक आकाशिएको छ। बुधबार सुनको भाउ प्रतितोला १० हजार ४ सय रुपैयाँले बढ्दै २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ८ सय ५० अमेरिकी डलर नाघेपछि यसको असर प्रत्यक्ष रूपमा नेपाली बजारमा देखिएको हो।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँले वृद्धि हुँदै चाँदी ५ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिन ५ हजार ८ सय ८० रुपैयाँ थियो।