Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुनचाँदीको मूल्यले तोड्यो रेकर्ड, एकैदिन पाँच हजारभन्दा बढीले वृद्धि

सुनचाँदीको मूल्यले तोड्यो रेकर्ड, एकैदिन पाँच हजारभन्दा बढीले वृद्धि

काठमाडौँ । स्थानीय  बजारमा बहुमूल्य सुनचाँदीको मूल्य अप्रत्याशित रूपमा बढेको छ। सोमबार सुनको मूल्यमा ठूलो उछाल आएसँगै प्रतितोला तीन लाख नौ हजार रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा पाँच हजार २०० रुपैयाँले बढेको हो। उता चाँदीको मूल्य पनि स्थिर रहेन — तोलामा २८५ रुपैयाँले वृद्धि भई छ हजार ७६५ रुपैयाँ पुगेको छ।

यसअघि आइतबार सुन तीन लाख तीन हजार ८०० रुपैयाँ र चाँदी छ हजार ४८० रुपैयाँमा किनबेच भइरहेको थियो।