Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुनचाँदीको मूल्यमा एकैदिन ठूलो गिरावट, २० हजार भन्दा बढीले घट्यो

सुनचाँदीको मूल्यमा एकैदिन ठूलो गिरावट, २० हजार भन्दा बढीले घट्यो

काठमाडौं । लगातार नयाँ उचाइ छोइरहेको नेपाली बजारको सुनचाँदीको मूल्य शुक्रबार एकाएक ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ऐतिहासिक बढोत्तरी देखिएको सुनको भाउ आज ठ्याक्कै त्यत्तिकै रकमले घटेको हो।

बिहीबार तोलामा २० हजार पाँच सय रुपैयाँले उकालो लाग्दै तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको सुन शुक्रबार फेरि २० हजार पाँच सय रुपैयाँले घटेर तीन लाख १८ हजार आठ सय रुपैयाँमा झरेको छ। यसअघि बुधबार पनि सुनको भाउ तोलामा नौ हजार पाँच सय रुपैयाँले बढेको थियो।

महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य दुई लाख ७३ हजार २२० रुपैयाँ कायम भएको छ।

यसैगरी चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबारको तुलनामा शुक्रबार चाँदी तोलामा ४४० रुपैयाँले घटेर सात हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने चाँदीको भाउ तोलामा सात हजार ५०५ रुपैयाँ थियो।