Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुनचाँदीको मूल्य उकालो, स्थानीय बजारमा सामान्य वृद्धि

सुनचाँदीको मूल्य उकालो, स्थानीय बजारमा सामान्य वृद्धि

काठमाडौँ । केही दिनको गिरावटपछि स्थानीय बजारमा सुन र चाँदीको मूल्य फेरि बढेको छ। सोमबारको तुलनामा मंगलबार दुवै बहुमूल्य धातुको भाउमा सामान्य वृद्धि देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार ३३५ रुपैयाँ पुगेको छ।

यसअघि आइतबार प्रतितोला ३ लाख रुपैयाँ पुगेको सुनको मूल्य सोमबार घटेर २ लाख ८६ हजार ६ सयमा झरेको थियो भने चाँदी प्रतितोला ५ हजार २ सयमा किनबेच भएको थियो।