काठमाडौँ । स्थानीय बजारमा साताको सुरुवातसँगै सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कारोबार हुँदै आएको सुन आज बढेर तीन लाख पाँच सय रुपैयाँ पुगेको छ।
आज मात्रै सुनको मूल्य प्रतितोला नौ हजार पाँच सय रुपैयाँले बढेको महासंघले जनाएको छ।
त्यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चार हजार ३८ रुपैयाँ रहेको चाँदीको मूल्य आज नौ सय ७२ रुपैयाँले बढेको हो।