काठमाडौँ । आज स्थानीय बजारमा सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला तीन लाख ४ हजार ६०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा चार हजार १०० रुपैयाँले बढी हो।
यसअघि आइतबार सुन प्रतितोला तीन लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला पाँच हजार २५० रुपैयाँ पुगेको छ। हिजो चाँदी पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो, जसअनुसार चाँदीको मूल्य एकैदिन २४० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ।