Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुनको मूल्य फेरि उकालो, चाँदीमा भने सानो गिरावट

सुनको मूल्य फेरि उकालो, चाँदीमा भने सानो गिरावट

काठमाडौं । निरन्तर उतार–चढावबीच नेपाली बजारमा मंगलबार सुनको मूल्य फेरि बढेको छ। सोमबार एकै दिन तोलामा ४ हजार १ सय रुपैयाँले उक्लिएको सुन आज थप ९ सय रुपैयाँले बढ्दै नयाँ दरमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ३ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ। यसअघि सोमबार सुन ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार यसको मूल्य ३ लाख ५ सय रुपैयाँ थियो।

उता, चाँदीको मूल्य भने आज सामान्य घटेको छ। सोमबार तोलामा ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १० रुपैयाँले घट्दै ५ हजार २ सय ४० रुपैयाँमा झरेको महासंघले जनाएको छ।